
क्रान्तिकारीले विद्यालय बन्द गराएपछि विद्यार्थी अलपत्र
काठमाडौं, १३ असार । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्व माओवादी समर्थित क्रान्तिकारी विद्यार्थीले शैक्षिक हड्ताल गरेका छन् । उनीहरुले सोमबार बेलुका शैक्षिक संस्थाहरुलाई पत्र पठाएर मंगलबार बन्द गर्नु चेतावनी दिएका थिए । सो चेतावनीपछि मंगलबार एक्कासी विद्यालयहरुले पठनपाठन बन्द गरेर विद्यालय बन्द गरेका हुन् ।
विप्लव क्रान्तिकारी विद्यार्थीका केन्द्रिय सचिवालयका सदस्य जिपी चौलागाईले गत बैशाख १५ गते भएको सहमति कार्यान्वयन नभएपछि बाध्य भएर शैक्षिक हड्तालमा उत्र्नु परेको बताए । उनले भने,‘नीजि विद्यालयहरुले मनलाग्दी रुपमा शुल्क असुलीरहेका छन् । २० देखि ५० प्रतिशत शुल्क बृद्धि गरिएको छ । अब हामी त्यसो गर्न दिन्नौं ।’ नीजि विद्यालयहरुले मनलाग्दी रकम असुलेको भन्दै उनीहरुले बन्द गराएका हुन् । शुल्क घटाउन बारम्बार दबाद दि“दै आएको विप्लव क्रान्तिकारी विद्यार्थीले गत शुक्रबार र आइतबार विद्यालयहरुको लेखामा ताला लगाएको थियो । सो क्रममा पनि शैक्षिक संस्थाहरुले शुल्क नघटाएपछि बाध्य भएर शैक्षिक हड्तालग गर्नु परेको विप्लव निकट क्रान्तिकारी विद्यार्थी नेताले बताएका छन् । उपत्यकाका प्रायजसो विद्यालयहरु बन्द भएपछि विद्यार्थीहरु भने अलपत्र परेका छन् । विद्यालय जान हि“डेका विद्यार्थीहरुसमेत घर फर्केर आएका थिए ।
प्रतिक्रिया