
क्षेत्र नं. ३ मा युवा नेता खड्काको नाम सिफारिस
काठमाडौं, २१ असोज । काठमाडौं क्षेत्र नं. ३ को प्रतिनिधि सभा सदस्यका युवा नेता कृष्णजी खड्काको नाम सिफारिस भएको छ । अगामी मंसिर २१ गते हुने निर्वाचनका लागि खड्कालाई प्रत्यक्षतर्फ सिफारिस गरिएको हो । खड्का नेपाल तरुण दल काठमाडौं जिल्ला अध्यक्ष तथा नेपाली कांग्रेस पार्टीका महासमिति सदस्य हुन् । सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेतलाई पहिलो नम्बरमा सिफारिस गरिएको छ । तेस्रो नम्बरमा पर्शुराम पोखरेलको नाम सिफारिस भएको छ । खड्का सवैका माझ लोकप्रिय रहेका छन् ।
प्रतिक्रिया