
मोरङ-२ बाट डा. रिजाल विजयी
मोरङ । मोरङ क्षेत्र नम्बर-२ बाट नेंपाली कांग्रेसका उम्मेदवार डा. मिनेन्द्र रिजाल विजयी भएका छन् । रिजालले ३५,८१९ मत ल्याएका छन् भने एमालेका पूर्व सांसद ऋषिकेश पोखरेलले ३४,०१४ मत ल्याएका छन् । रिजालले १८०५ मतले विजयी भएका हुन् । प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार डा. रिजालले जित हासिल गरेको क्षेत्र तत्कालिन सभापति तथा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको साविकको निर्वाचन क्षेत्र हो ।
प्रतिक्रिया