
१० लाख र कैदको मागः भ्रष्ट महानिर्देशक विरुद्ध विशेष अदालतमा मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका कार्यालय प्रमुख महानिर्देशक विश्वराज पाण्डेलगायतलाई विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले महानिर्देशक पाण्डेलाई दश लाख विगोसहित कैद सजाय माग दावी गरेको छ । उनी घुस काण्डमा मुछिएपछि अनुसन्धानका लागि उनलाई अख्तियारको टोलीले पक्राउ गरेको थियो ।
अनुसन्धानका क्रममा रहेका पाण्डेमाथि आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१०) को (ङ) बमोजिमको कसूर गरेको पुष्टि हुन आएको भन्दै सो माग दावीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो । पाण्डेसहित सोही घुस काण्डमा पक्राउ परेका शाखा अधिकृत कृतिवल्लभ पौडेल र नायव सुव्वा खड्गबहादुर केसीलाई समेत आयोगले दश लाख र कैद जरिवाना माग गरेको छ ।
महानिर्देशक पाण्डे, पौडेल र केसीले एक म्यानपावर कम्पनीको कामकाज तथा बैंक खाता समेत विभागबाट रोक्का राखेको सम्वन्धमा कम्पनीको तर्फबाट सर्वोच्च अदालतमा मुद्दा दायर भइ अदालतबाट रोक्का फुकुवा गर्न दिएको आदेशको बर्खिलाप गर्दै रकम बाग्रेनिङ गरेपछि पक्राउ परेका थिए । उनीहरुले रोक्का फुकुवा गर्न भन्दै सेवाग्राहीसंग १० लाख रुपैयां घुस लिएका थिए ।
प्रतिक्रिया