
पौडेलले न्याय पाउने संभावना बढ्यो: मुचुल्का र मतपत्र झिकाउन आदेश
काठमाडौँ । मात्र ५ भोटको अन्तरले पराजित भएका युवा नेता प्रदिप पौडेललाई केहि हदसम्म भए पनि राहत मिलेको छ । करिब चार दर्जन फर्जी मतपत्र भेटिएपछि आफुलाई धाँधली गरेर हराएको भन्दै न्यायको लागि सर्वोच्च अदालतको शरणमा पुगेका नेता पौडेलको रिटमाथि सुनावाई गर्दै सर्वोच्चले मतगणनाका बेला गरिएको मुचुल्का र मतपत्र झिकाउन आदेश दिएको छ । निर्वाचनमा पौडेलका प्रतिस्पर्धी बाम गठबन्धन तथा नेकपा माओवादी केन्द्रका उम्मेदवार आशा कोइराला पाँच मतको अन्तरले विजयी भएकी थिइन् ।
नेता पौडेल तनहुँको निर्वाचन क्षेत्र नं २ प्रदेश सभा (क) का उम्मेदवार थिए । सर्वोच्चले मतगणना भएको बेला प्रयोग भएका सम्पूर्ण मुचुल्का, मतपत्रलगायतका कागजात झिकाउने आदेश दिएपछि उनले न्याय पाउने संभावना बढेको हो । आफुलाई हराउन फर्जी मत प्रयोग भएको र निर्वाचन आयोगले आफ्नो कुरा सुनवाई नगरेको भन्दै उनी न्यायालयको शरणमा पुगेका थिए ।
सर्वोच्चका प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीशहरु दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्र शम्शेर जबरा र दीपककुमार कार्कीको संवैधानिक इजलासले प्रदेश सभा (क) को मुलुल्का र मतपत्र झिकाउने आदेश दिएको हो । यसअघि पुष ७ गते भएको सुनुवाइका क्रममा यसै इजलासले निर्वाचन आयोग र प्रदेश सभा (क) का उम्मेदवार दुवैलाई छलफलका लागि बोलाएको थियो । फोटोः गुगल फाइल
प्रतिक्रिया