
नयाँ वर्षको उपलक्ष्यमा टेलिकमको अनलिमिटेड 'अफर'
काठमाडौँ । नेपाल टेलिकमले नयाँ वर्षको उपलक्ष्यमा आफ्ना उपभोक्ताहरुका लागि अफर योजना सार्वजनिक गरेको छ । टेलिकमले ‘नयाँ वर्ष अफर २०७५’ मा ह्यापी विकेन्ड प्याक, अनलिमिटेड जिएसएम/सिडिएमए नाइट डाटा प्याक, एडिएसएल भोलुम बेस्ट, एडिएसएल अनलिमिटेड प्याकेज रहेका छन् ।
जिएसएम/सिडिएमए प्रिपेड/पोष्टपेड मोबाइलमा ह्यापी विकेण्ड प्याक अफर प्रयोग गर्न सकिनेछ । यो प्याकअन्तर्गत शुक्रबार, शनिबार र आइतबार प्रत्येक दिन एक जिबी डाटा प्रयोग गर्न सकिने छ । सो प्याक १०० मा प्राप्त हुनेछ र सात दिनसम्म यसको समयावधि हुने टेलिकमले जनाएको छ ।
अनलिमिटेड नाइट डाटा प्याकअन्तर्गत जिएसएम/सिडिएमए प्रिपेड/पोष्टपेड मोबाइलमा अनलिमिटेड नाइट डाटा प्याक प्रयोग गर्न सकिन्छ । त्यस्तै टेलिकमले एडिएसएल भोलुम वेस्ड प्याकेजअन्तर्गत २०० मा १५ जिबी डाटा ३० दिनसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी ३०० मा २५ जिबी डाटा ४०० मा ४० जिबी डाटा ३० दिनसम्म प्रयोग गर्न सकिने छ ।
एडिएसएल अनलिमिटेड प्याकेजअन्तर्गत ७०० मा अनलिमिटेड डाटा ३० दिनसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी तीन हजार ७५० को प्याकेजमा अनलिमिटेड डाटा १८० दिनसम्म र सात हजारको प्याकेजमा अनलिमिटेड डाटा ३६० दिनसम्म प्रयोग गर्न सकिने विज्ञप्तिमा उल्लेख छ । ०७५ वैशाख १ देखि लागू भई १५ गतेसम्म लिन सकिने टेलिकमले आज विज्ञप्तिमार्फत जनाएको छ । रासस
प्रतिक्रिया