
३ दिनसम्म कार्यालय बन्द, आधा झण्डा झुकाउने तरुण दलको निर्णय
काठमाडौं । नेपाल तरुण दल पर्साका अध्यक्ष बिरेन्द्र पटेलको उपचारको क्रममा राजधानीको ग्रान्डी अस्पतालमा असमायिक निधन भएको छ । नेपाली काँग्रेस पार्टी र नेपाल तरुण दलले उनको निधनप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
पटेलको पार्थिब शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आज पार्टीको कार्यालय सानेपा राखिएको थियो । उनलाई नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, बिमिलेन्द्र निधि, पुर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, बिश्वप्रकाश शर्मा, एनपी सावदलगायतका नेताहरुले काँग्रेस झण्डा ओडाएर श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
उनको पार्थिव शरिरमा झण्डा ओडाएर नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, महासचिव भुपेन्द्रजंग शाही, उपाध्यक्ष उत्तम चापागाईंले श्रद्धाञ्जली अर्पण गरे । पार्टी कार्यलयमा सयौं नेता कार्यकर्ताहरुले श्रद्धाञ्जली अर्पण गरेका थिए । आजै उनको पार्थिव शरिरलाई बिरगंज लगिएको थियो ।
नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले पटेलको निधनबाट तरुण दल र नेपाली कांग्रेसलाई अपुर्णिय क्षति पुगेको बताएका छन् । महासचिव शाहीले यो शोकको घडीमा आजबाट ३ दिनसम्म देसभरीका तरुण कार्यलयहरु बन्द गर्नुका साथै तरुणको झण्डा आधा झुकाउने निर्णय गरिएको जानकारी दिए ।
प्रतिक्रिया