
'सुशासनको आधारशीला तयार', प्रधानमन्त्रीले गरे पाँच भाषामा ट्वीट
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको प्राथमिकता र पारस्परिक सम्मानमा आधारित विदेश नीतिको जग बसेको बताएका छन् । वर्तमान सरकार गठन भएको ६ महिना पुगेको अवसरमा उनले भने, 'सुशासन र विकासको आधारशीला तयार भएको छ ।'
प्रधानमन्त्रीले विभिन्न पाँच भाषामा ट्वीट गर्दै सुशासन र विकासको आधारभूमिमा उभिएर परिणाम देखिने गरी समृद्ध नेपाल निर्माणको अभिभारा पूरा गर्ने उल्लेख गरेका हुन् । उनले नेपाली, अङ्गे्रजी, नेवारी, मैथली, भोजपुरी भाषामा ट्वीट गरेका थिए । वर्तमान सरकार गत फागुन ३ गते गठन भएको हो । रासस
प्रतिक्रिया