
अन्तर्राष्ट्रिय प्रशिक्षक सम्मानित
काठमाडौँ । नेपाली भलिबल खेलका पहिलो अन्तर्राष्ट्रिय प्रशिक्षक र क्याप्टेनलाई सम्मान गरिएको छ । जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र पूर्वराष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला भलिबल खेलाडीहरूको संयुक्त आयोजनामा आयोजित पुनःमिलन तथा तिजको शुभकामना आदान प्रदान कार्यक्रममा पहिलो अन्तर्राष्ट्रिय प्रशिक्षक प्रचण्डबहादुर सिंह, पहिलो अन्तर्राष्ट्रिय क्याप्टेन ऋषि अचार्य र पहिलो महिला अन्तर्राष्ट्रिय क्याप्टेन हेमा प्रधानलाई सम्मान गरिएको हो ।
उनीहरूलाई ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सल्यालले सम्मानपत्रद्वारा सम्मान गरेकी थिएन् । सिंहले नेपालको भलिबल इतिहासमा प्रथम भलिबल प्रशिक्षक भई राष्ट्रिय तथा अन्तर्राष्ट्रि भलिबल खेलाडी उत्पादन र अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिष्पर्धा गराई पदकसमेत प्राप्त गर्न महत्वपूर्ण योगदान पुर्याएका थिए ।
त्यस्तै भलिबल खेलको विकास र विस्तारका साथै भलिबललाई राष्ट्रिय खेल बनाउन दिएको महत्वपूर्ण योगदानको करद गर्दै क्याप्टेनद्वयलाई सम्मान गरिएको हो । सिंह २०३३ सालमा पाकिस्तानमा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो प्रशिक्षकका रुपमा सहभागी थिएि भने टीम क्याप्टेनको रुपमा आचार्य थिए । त्यस्तै २०४३ सालमा थाल्याण्डमा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा हेमाले नेपाली टोलीको नेतृत्व सम्हालेकी थिइन् ।
जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा प्रशिक्षणरत खेलाडी सुस्मिता थापालाई खेल सामग्री प्रदान गरिएको थियो । सरहकारीका माध्यमबाट भलिबल खेलाडीको स्वास्थ्पोचार तथा शिक्षामा सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नेपाल भलिबल संघकी केन्द्रीय सदस्य इन्दिरा निरौला उपाध्यायले जानकारी दिइन् ।
प्रतिक्रिया