
३३ केजी सुन प्रकरण: 'लहरो तान्दा पहरो गर्जिने भएपछि तैं चुप, मैं चुप'
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीले कांग्रेसलाई नेकपा वा सरकारबाट भन्दापनि पार्टीभित्रकै कुरीति र कुसंस्कारबाट बढि चूनौति रहेको बताएका छन । उनले भने,‘कांग्रेसलाई अरुबाट चूनौति छैन् । आफ्नै पार्टीभित्रको आन्तरिक कुरीतिबाट चूनौति छ । ती सबै कुसंस्कारलाई सुधार गर्नुपर्छ ।’
मुलुक संघीय संरचनामा गैसकेकोले अब विधान बनाउन मस्यौता समिति गठन भएको र समितिले प्रारम्भिक मस्यौदा तयार पारेको केसीले सुनाए । उनले भने,‘अब ७ वटै प्रदेशमा १२ वटा भेला हुँदैछ ।’ कांग्रेसको लागि अहिलेसम्मकै जटिलत् एवम् चूनौतिपूर्ण कालखण्ड भएकोले पार्टी अब नेतामुखी नभएर जनतामुखी र संस्थामुखी हुनुपर्ने पनि केसीले बताए ।
रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा बोल्दै उनले भने,‘पार्टीलाई सामूहिक नेतृत्व पद्वतीमा लैजानुपर्छ । निर्वाचन पद्वतीबाट पदाधिकारी नियुक्त गर्नुपर्छ । अबपनि पार्टी हुकुमी शैलीबाट चल्न सक्दैन् । गुट-उपगुट, गिरोह-उपगिरोहको अब काम छैन् । पार्टीभित्र १५ प्रतिशतमात्रै मनोनित गर्नुपर्छ । अरु सबैमा निर्वाचन पद्वतीबाट टुँगो लगाउनुपर्छ ।’
न रहे बास, न बजे बाँसुरीः
सरकारले भ्रष्चाटार सहन्नौं भनेर दिनप्रतिदिन बोल्ने गरेको उल्लेख गर्दै उनले सरकारलाई चूनौति दिँदै भने,‘मेरो सरकारलाई चूनौति छ, ३३ केजी सुन प्रकरण कहाँ पुग्यो ? के भैरहेको छ ? त्यो कहाँ छ ? त्यसमा जिम्मेवार को–को छन् ? आग्रह वा पूर्वाग्रहविना जुनुसकै पार्टीको भएपनि जनताको बिचमा ल्याईदिओस्, लु तागद छ भने, तर छैन । अहिले तैं चुप मैं चुप । किनभने लहरो तान्दा पहरो गर्जिन्छ भनेर हाम्रो गाउँघरतिर भन्थे । अहिले त्यस्तै स्थिति छ । अब रिपोर्ट पनि कता गयो थाहा छैन ।’
सुनकाण्डका मुख्य नाईके नै पक्राउ परेपछि बास्तविकता बाहिर नआएकोमा आक्रोश पोख्दै उनले भने,‘यो प्रकरणका मुख्य नाईके गोरेलाई पक्राउ गरिएको छ । अब कुन दिन न रहे बास, न बजे बाँसुरी भनेर त्यो गोरे नै समाप्त हुन बेर छैन ।’
प्रतिक्रिया