
सडक दुर्घटना हुने १९ कारण, दुर्घटनाबाट यसरी बच्न सकिन्छ
काठमाडौं । भनिन्छ, ‘ढिला गए अबश्य पुगिन्छ, छिटो गरे भन्न सकिन्न’ सायद यो सवैले देखेको, पढेको वा सुनेको हुनुपर्छ । हिन्दुहरुको महान चाड बडादशैं नजिकिँदै छ, बडादशैं, दिपावली र छठपर्व मनाउन जिल्ला जानेहरु कोही टिकट काट्न, कोही बुकिङ गर्न त कोही आफ्नै सवारी साधानमा आफ्नो गृहजिल्ला फर्किन योजना बनाउँदै छन् भने कतिपयको जानेक्रम पनि सुरु भइसकेको छ ।
त्यसैक्रममा यात्रा सवैको सुखदमय होस भन्ने चाहाना हुन्छ तर सवारी साधान चलाउने व्यक्ति वा चालकको सानो लापरबाहीले पनि यात्रामा आफुसँगै यात्रा गरिरहेका सवैको अकल्पनीय मृत्यु हुन सक्छ । त्यसैले पनि सवारी चालकले सानो भन्दा सानो कुरामा ध्यान दिएको खण्डमा सवारी दुर्घटनाबाट बच्न र दुर्घटनालाई न्यूनिकरण गर्न सकिन्छ ।
दुर्घटना हुने १९ कारणः
१.चालकले सवारी साधन लागूपदार्थ वा मादक पदार्थ सेवन गरी चलाएको खण्डमा दर्घटनामा हुन सक्छ ।
२.चालकले सवारी साधान चलाउँदा खाल्टाखुल्डी बाटोमा पर्याप्त ध्यान नदिएको खण्डमा दुर्घटना निम्तिन सक्छ ।
३.चालकले अनियन्त्रित अर्थात अध्याधिक गतिमा सवारी साधान चलाएमा ।
४.आफु अगाडि या पछाडि चलिरहेको सवारी साधानको गति र अबस्था नहेरी ब्रेक लगाएमा ।
५.ओभरटेक गर्दा गलत दिशाबाट गरेमा वा दायाँ–बायाँ नहेरी गरेमा ।
६.ओभरटेक गरिसकेपछि सवारी साधनको गति आफु पछाडि भएको सवारी साधान भन्दा कम गरी चलाएमा ।
७.सवारी चालकले ट्राफिक नियम मिच्दै जथाभावी सवारी साधान चलाएमा ।
८.फोन, आइफोन, भिडियो वा अन्य कुरामा ध्यान दिँदै सवारी चलाएमा ।
९. गतिरोधक बाटोहरु अथवा स्पीड ब्रेकरलाई ध्यान नदिई अनियन्त्रित तरिकाले सवारी साधान चलाएमा ।
१०.ओभरटेक गर्दा वा ओभरटेक गर्न खोज्ने सवारी साधानले आफुअगाडि गुडिरहेको गाडीको साईड लाइटको भाव नबुझेमा ।
११.जवरजस्ती गर्दै सवारी नजाने वा नसक्ने सडकमा ओभरलोडसहित जान खोजेमा ।
१२.खतरापूर्ण सडकमा खतरा मोल्दै चलाउने मात्र नभई नियमित सवारी साधानको चेकजाँँच नगरी सहि अवस्थामा नराखि नचलाएमा दुर्घटना हुने संभावना बढि छ ।
१३. आफुभन्दा अगाडि भएको सवारी साधान र आफ्नो सवारी साधानबीचको दूरी अवगत नहुँदा वा कति दूरीमा ब्रेक लगाउँदा आफ्नो गाडी रोकिन्छ भन्ने पूर्वानुमान गर्न नसक्दा ।
१४. चौबाटो, दोबाटो जस्ता चोकहरुमा कतै पनि नहेरी एक सुरले गाडी चलाउँदा पनि दुर्घटनामा पर्न सकिन्छ ।
१५.सडक बारेमा जानकारी दिन सडक छेउकिनारामा राखिएका विभिन्न संकेत बोर्डहरुलाई ध्यान नदिँदा ।
१६.गाडी चालक संयमित नहुँदा वा रिसाएर सवारी साधन चलाएको खण्डमा पनि दुर्घटना हुने संभावना बढि हुन्छ । त्यसैले हर्षित मुद्रामा सवारी साधान चलाउनुपर्छ ।
१७. सवारी चालकको अनुभव नहुँदा तथा पूर्णरुपमा चलाउन सक्ने नभई सवारी साधान चलाएमा वा आवश्यक ट्रायल पास नगरी सवारी चलाएमा ।
१८. सवारी चालकले थाकेको बेला, अल्छी वा निन्द्रा लागेको बेला, अस्वस्थ्य रहेको बेला, पानी परेको, अध्यारोमा वा खराब सडकमा ध्यान नदिई सवारी चलाएमा ।
१९. सवारी चालकले जक्सन वा डाइभर्सनलाई ख्याल नगरी गाडी चलाएमा वा ध्यान अन्यत्र मोडेको खण्डमा पनि त्यतिकै खतरा हुनसक्छ ।
त्यसका अतिरिक्त सवारी साधान चलिरहेको बेला अचानक अरुको कारणले भईपरी आउने विभिन्न कारणबाट पनि दुर्घटना निम्तिन सक्छ । त्यसैले सवारी साधान चलाउँदा निकै चनाखो भएर चलाउनुपर्छ । अब अबश्य पनि प्रश्न उठ्न सक्छ कि बच्ने उपाय चाहिँ के ? माथि उल्लेख गरिएको कुरामा सवारी चालक वा डाइभरले ध्यान दिन सकेमा दुर्घटनाबाट आफु पनि बच्न र अरुलाई पनि बचाउन सकिन्छ । जनहितमा जारी । सक्दो सेयर गरौं । आफु पनि बचौं र अरुलाई पनि बचाऔं ।
प्रतिक्रिया