
चियापान कार्यक्रमलाई शीर्ष नेताले नै गाली गर्ने थलो बनाएपछि..
सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोक सम्र्पक समितिले आजोजना गरेको आजको चियापान कार्यक्रममा आएका नेताहरुले नैतिकता र पदको गरिमा भुल्दै आरोप–प्रत्यारोपमा उत्रिएपछि कार्यकर्ता भने चकित भए । कार्यक्रममा आएका प्रमुख अतिथिदेखि अधिकांश नेताहरुले आफ्नो मनमा गाझिएको कुरालाई सार्वजनिक गरेपछि पार्टीको आन्तरिक कलह स्पष्ट भल्कियो ।
विजया दशमीको शुभकामना आदानप्रदान गर्न राखिएको उक्त कार्यक्रममा शीर्ष नेताहरुले नै आफ्नो पदको गरिमा भुलेर मनको भावना पोखेपछि कार्यक्रम निकै खल्लो बन्यो । सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको चियापान कार्यक्रमको प्रमुख अतिथि थिए–पूर्व स्थानीय विकासमन्त्री तथा नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंह । सिंहले समेत कार्यक्रममा पार्टी नेतृत्वप्रति दुई दर्जनभन्दा बढी आरोप लगाए ।
‘अहिले नेपाली कांग्रेसको विधान संशोधनको लागि पार्टीको केन्द्रीय तहमा छलफल चलिरहेको छ,’ उनले भने, ‘मुलुकमा जनताको चाहाना अनुसार समृद्धि र परिवर्तनका लागि कांग्रेसले जिम्मेवारी भूमिमका निर्वाह गर्न आवश्यक छ । परिवर्तन र विकासका लागि मुलुकमा भएका विभिन्न आन्दोलनको नेतृत्व गर्दै आएको कांग्रेस सफल हुँदै आएको छ । अबका दिनमा समेत देश विकासको लागि पार्टीले महत्वपूर्ण भुमिका निभाउनुपर्छ, तर के गर्ने ? नेपाली काँग्रेसको नेतृत्व नै खराब छ ।’
नेता सिंहले भने,‘अहिलेको नेतृत्वका कारण पार्टी कमजोर बनेको छ । यसमा दोषी को हुन् ? हामीले व्यक्तिको आलोचना गरेका होइनौँ, संस्था विग्रियो बनाउनु पर्यो भनेका हौं ।’ नेतृत्वको कमीकमजोरी देखाउन नै उनी उद्यत थियए । अन्तिम समयसम्म पनि शुभकामना कार्यक्रममा विजया दशमीको शुभकामना नदिँदा कार्यकर्ता भने निराश भए । सिन्धुपाल्चोकका जिल्ला सभापति विकास लामाले पार्टी पंक्तिलाई केन्द्रिय तहका नेताले गुटबन्दी नगरी सबैलाई एकढिक्का बनाउनुपर्ने सुझाव दिए । कार्यक्रममा उनले भने,‘अहिले पार्टीमा विधान संशोधनका लागि छलफल चलिरहेको छ, सबै जातजाती र सबै क्षेत्रलाई समेट्ने गरि विधान तयार गर्न पार्नुपर्छ । विग्रिएको काँग्रृेसको संगठनलाई बलियो बनाउन नेता अब गाउँ केन्द्रित हुनुपर्छ ।’
उता गुटबन्दीको शिकार सिन्धुपाल्चोककै नेताहरु भए । कार्यक्रममा मनलाग्दी कुर्सी दिइएको थियो । अतिथिलाई आशन ग्रहण गराउने क्रममा सबैलाई बोलाइएता पनि सम्बोधन गर्दा भने विधि, विधान र व्यवस्था मिचिएको थियो । कार्यक्रममा आएका सवै नेताहरुले भाषण भने विधिको शासनमा चल्ने नेपाली कांग्रेस भन्दै गर्जिए । कार्यक्रमा प्रमुख अतिथि बन्दै आएको नेता सिंहले नै सबैभन्दा पहिलो सम्वोधन गरे । उपस्थित नेता तथा कार्यकर्ताहरु कसैको कुरा सुन्न तयार थिएनन् ।
कोही गफमा त कोही हाँसो र मोबाइलमा ब्यस्त थिए । सभापति लामालगायत सबै नेताहरुले उक्त कार्यक्रमलाई आरोप लगाउने थलो बनाएता पनि चियापान कार्यक्रममा सभापतिको आसन ग्रहण गरेका सोनाम लामाले समापन कार्यक्रम समापन गर्दै भने,‘राजनीतिक परिवेशलाई भन्दा पनि आउँदो महान चाड विजया दशमीको सबैमा शुभकामना छ । मुलुकमा राजनीतिक परिवेश बदलिएको छ, विकासको लागि राजनीतिक आवश्यकता भएकाले सबै दलहरु मिलेर अगाडि बढ्नुको विकल्प छैन् ।’
प्रतिक्रिया