
संरक्षित वन्यजन्तु सालकको खपटासहित दुई समातिए
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौं महानगरपालिका-१६ बालाजुबाट संरक्षित वन्यजन्तु सालकको खपटासहित (आखेटोपहार) दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछाप दोरम्बा गाउँपालिका-२ का १९ वर्षीय देवराज श्रेष्ठ र दोलखा सैलुंग गाउँपालिका-१ का २८ वर्षीय ज्ञानबहादुर श्रेष्ठ रहेका छन् । उक्त खपटाको तौल १ केजी १ सय ग्राम रहेको छ भने पक्राउ परेका दुवैलाई कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय, हात्तिसार काठमाडौंमा बुझाइएको ब्यूरोले जनाएको छ ।
प्रतिक्रिया