
जिल्लास्तरिय तेक्वान्दो प्रतियोगीतामा यमुनाडाँडा बन्यो टिम तेस्रो
सिन्धुपाल्चोक । चौथो सिन्धुपाल्चोक जिल्लास्तरिय तेक्वान्दो प्रतियोगीतामा यमुनाडाँडा तेक्वान्दो डोजाङ टिम तेस्रो हुन सफल भएको छ । प्रतिगोगीतामा डोजाङले तीन स्वर्ण पदक, दुई रजत पदक र दुई कास्य पदक प्राप्त गर्न सफल भएको छ । स्वर्ण पदक ल्याउने खेलाडीमा राजु खड्का, सुरज लिम्बू र सुजन श्रेष्ठ रहेका छन् ।
त्यसैगरी, रजत पदक जित्नेमा खेलडाीमा निरन खड्का र निर्मल खड्का रहेका छन् भने कास्य पदक ल्याउनेमा गणेश मिजार र सचिन बुढाथोकी भएको डोजाङले जनाएको छ । त्यस्तै कालिका तेक्वान्दो डोजाङबाट सहभागी अनिशा गिरीले रजत र भाबना घतानीले कास्य पदक प्राप्त गरेकी थिइन ।
उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि प्रदेश नं ३ का सामाजिकमन्त्री युवराज दुलालले गरेका थिए भने समापन कार्यक्रमका प्रमुख अतिथि चौतारा सांगाचोकगढी नगरपालिका उपप्रमुख जानुका पराजुली रहेकी थिइन । यमुना डाँडा, कालिका, ठोकर्पा र सुकुटे तेक्वान्दो डोजाङका प्रमुख रोहिन्द्रविक्रम खड्का हुन् । खड्का सिन्धुपाल्चोक जिल्ला तेक्वान्दो कार्यसमिति सचिव समेत रहेका छन् ।
प्रतिक्रिया