
हत्या कि आत्महत्या ? इन्द्रावती नदीमा मृत भेटिए वडाध्यक्ष श्रेष्ठ
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-८ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ मृत फेला परेका छन् । उनलाई ईन्द्रावती नदीमा डुबेको अवस्थामा फेला पारिएको हो । आज बिहान राति तीन बजे घरबाट निस्किएका श्रेष्ठले आत्महत्या गरेका हुन् वा हत्या गरिएको हो ? त्यो भने खुल्न सकेको छैन् । उनको लास बोर्डगाउँको होष्टे दोवानस्थित ५० मिटरतल खोलाको माझमा भेटिएको गाउँपालिका अध्यक्ष वंशलाल तामाङले जानकारी दिए ।
विहान राति ३ बजे घरबाट निस्केका श्रेष्ठको घरपरिवारले खोजी गरिरहेको अवस्थामा उनको लास नदीमा घोप्टिएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरिएको थियो । प्रत्यक्षदर्शीले हुलियाको आधारमा वडाध्यक्ष श्रेष्ठ हुनसक्ने भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकलाई खबर गरेका थिए । सिन्धुपाल्चोक प्रहरीले आत्महत्या वा हत्या के हो ? त्यो भने अनुसन्धानपछि मात्र बताउन सकिने जनाएको छ ।
प्रतिक्रिया