
जनकपुर अञ्चल अस्पतालको मेसुमा डा. यादव
जनकपुरधाम । जनकपुर अञ्चल अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. नागेन्द्रप्रसाद यादव नियुक्त भएका छन् । स्वास्थय तथा जनसंख्या मन्त्रालयले आइतवार सिनियर मेडिकल अधिकृत यादवलाई सुपरिटेन्डेन्टमा नियुक्त गरेको हो ।
झण्डै २ वर्षदेखि अस्पतालमा मेसुको रुपमा कार्यरत डा. रामपरिक्षण यादवको आइतवार अवकाश भएपछि डा. यादवलाई मन्त्रालयले उक्त जिम्मेवारी सुम्पेको हो । मेडिकल सुपरिटेन्डेन्टमा नियुक्तीपछि उनले अस्पतालको वर्तमान अवस्थालाई सुधार गर्दै लैजाने बताए । उनले विरामीलाई राम्रो स्वास्थ्य सेवा प्रदान गर्ने बताउँदै भने, 'आगामी दिनमा प्रदेश अस्पतालको रुपमा स्तरोन्नति गर्नेतर्फ पहल गर्नेछु ।'
प्रतिक्रिया