
गायक अविनाशको 'हानौं कि नजरको बाँणैले' सार्वजनिक (भिडियोसहित)
काठमाडौं । बिगत ४ वर्षदेखि शास्त्रीय संगीत अध्यनरत नवगायक अविनाश श्रेष्ठले आफ्नो पहिलो गीत 'हानौं कि नजरको बाँणैले' बजारमा ल्याएका छन् । उनले उक्त गीतको म्यूजिक भिडियो समेत सार्वजनिक गरेका छन् ।
डान्सिङ बिटका गीत र भिडियो लोकप्रिय भइरहेका बेला उनले पनि त्यस्तै रमाइलो गीत ल्याएका हुन् । गीतमा स्वर गायक अविनाशको रहेको छ भने शव्द र संगीत उमेशराज खड्काको रहेको छ ।
गीतको एरेन्जमेन्ट बिशाल निरौलाले गरेका हुन्। गीतको भिडियोमा सागर लोप्चन, इच्छा अधिकारी, आयुषसिंह श्रेष्ठ र बिवेक गजमेरको अभिनय हेर्न सकिन्छ । ज्ञानेन्द्र शर्माले भिडियोको छायांकन गरेका हुन् भने सागर लोप्चनको कन्सेप्ट र निर्देशनमा भिडियो तयार पारिएको हो ।
भिडियो:
प्रतिक्रिया