
'नदी अधिकार मञ्च' दक्षिण एसियाको अध्यक्षमा कुशवाहा
परासी । बंगला देशमा जारी रहेको नदी अधिकार मञ्च दक्षिण एसिया सम्मेलनबाट नेपालका बृजराज कुशवाहा अध्यक्ष पदमा चयन भएका छन् । बङलादेशको राजशाही अन्तर्गत गोदागरिमा भएको दक्षिण एसियास्तरिय नदी अधिकार मञ्चको सम्मेलनले नेपालको पश्चिम नवलपरासी बस्ने कुशवाहालाई सो पदमा चयन गरेको हो ।
अन्तदेशिय नदी ब्यबस्थापनका लागि नागरिक दबाब निर्माण गर्न बङलादेशमा कुशवाहाको अध्यक्षतामा ५० सदस्यीय समिति पनि गठन भएको छ । समितिमा बाङ्लादेशको शमशेर अलि र ईन्डियाको मुख्तार इस्लामसहित दुई वटा उपाध्यक्ष पनि रहने कुशवाहाले फोनमार्फत जानकारी गराए । सम्मेलन कार्यक्रमले नदी अधिकार मञ्चको अगामी बैठक नेपालमा गर्ने र नेपालमा हुने बैठकले थप कार्यविधि तयार गरि अघि बढ्ने अध्यक्ष कुश्वाहाले बताए ।
नदी तटीय क्षेत्रमा बासोबास गर्दै आएको नेपाल, भारत र बाङ्लादेशका नदी पिडितहरुको साझा समस्या रहेकोले सो समस्यालाई विभिन्न माध्यमबाट समस्या समाधान गर्न र यश बिषयमा तीन देश कै सरकारलाई नेपालमा गण्डक, भारतमा गङ्गा र बाङ्लादेशमा पदमा एउटै नदी ३ देशमा फरक फरक नामले चिनिने नदीका पीडितले भोगेका सास्तीलाई अन्भुत गराई राज्यबाटै समस्या समाधान गर्नको लागि ११ बुँदे घोषणा पत्र पनि तयार गरेको छ ।
सो सम्मेलनमा नेपालबाट बृजराज कुश्वाहा र बद्रीप्रसाद सुबेदी, भारतबाट तर्कुल इस्लाम र बाङ्लादेशबाट शमशेर अलिले आआफ्नो नदीबाट समुदायले भोगेका पीडाबारे धारणा राखेका थिए ।
प्रतिक्रिया