
पल र एलिशा अभिनित 'सानी' सार्वजनिक (भिडियोसहित)
काठमाडौं । गायक सुदन गैरेको बिल्कुलै नयाँ गीत 'सानी' को म्यूजिक भिडियो डिजिटल बजारमा आएको छ । उक्त म्यूजिक भिडियोमा चर्चित नायक पल शाह र नायिका एलिशा राईको अभिनय देख्न सकिन्छ । गीतको शब्द प्रतिमा शर्माले रचना गरेकी हुन् भने संगीत गायक गायक सुदन गैरेकै रहेको छ ।
गीतको एरेन्ज चर्चित संगीतकार आशिष अविरलले गरेका हुन् । रोमान्टिक नृत्य अनि आकर्षक प्रस्तुती सहित तयार पारिएको म्यूजिक भिडियोलाई सफल, अब्बल तथा चलचित्र समेत निर्देशन गर्दै आईरहेका निर्देशक सुब्रतराज आचार्यले निर्देशन गरेका हुन् । भिडियोमा उत्सब दाहालको छायांकन, भारत रेग्मीको सम्पादन रगम्भीर बिष्ट कोरियोग्राफीको रहेको छ ।
भिडियो:
प्रतिक्रिया