
टीका र सन्जिवको 'कर्के नजर' सार्वजनिक, फेरी बजार तताउँदै (भिडियोसहित)
काठमाडौं । चर्चित गायिका टीका प्रसाईं र गायक सन्जिब पराजुलीको नयाँ गीत ‘कर्के नजर’ डिजिटल बजारमा सार्वजनिक भएको छ । आनन्द अधिकारीको शब्द रहेको उक्त गीतमा चर्चित संगीतकार तथा एरेन्जर आशीष अविरलले संगीत दिएका हुन् । गीतको एरेन्ज पनि उनैले गरेका हुन् ।
उक्त गीतको म्यूजिक भिडियोमा भाइब एण्ड वेब ग्रुपलाई फिचर्ड गरिएको छ । म्यूजिक भिडियोलाई अहिले चर्चामा रहेका राहुल शाहले निर्देशन गरेका छन् भने उनी स्वयम् र अलिशा शर्माको पनि भिडियोमा अभिनय देख्न सकिन्छ । भिडियोमा बाल कलाकारद्धय आर्य केसी र रन्जिता कर्मचार्यको पनि निकै उत्कृष्ट नृत्य र अभिनय देख्न सकिन्छ ।
भिडियोलाई पवन सुशलिङले छायांकन र सम्पादन हुन् । यसअघि गायिका टीका र गायक सन्जिबले संयुक्तरुपमा गाएको गीत ‘नाइँ मलाई थाहा छैन’निकै चर्चामा रहेको थियो । जुन चर्चा अहिलेसम्म पनि हराएको छैन । त्यसका अलवा उनीहरुले संयुक्तरुपमा गाएको ‘तिमी मलाई मन पर्छ’, ‘पहिलो भेटैमा’, ‘अलि अलि गर्दै’ बोलका गीतहरु पनि दर्शकले मन पराएका थिए ।
भिडियो:
प्रतिक्रिया