
एनआरएनएः महतोले खडा गरे, घलेले बलियो बनाए, भट्टले सकाए
काठमाडौं । संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक डा. उपेन्द्र महतोले गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन बहिष्कार गरे । कारण हो-संघमा चरम राजनीतिकरण । अध्यक्ष भवन भट्ट जसले आफू नभई पत्रकार सम्मेलन गरेको भन्दै पुनः आफ्नो उपस्थितिमा पत्रकार सम्मेलन हुनुपर्ने भन्दै कार्यसमिति रहेका पदाधिकारीलाई झपारेपछि पुनः पत्रकार सम्मेलन भयो ।
सम्मेलनमा भाग लिन आएका केही प्रतिनिधि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (त्रिअवि) बाटै समातिए, जरिवाना पनि भयो । एनआरएनएको नवौं सम्मेलनको पूर्वसन्धामा देखिका यि केही रोचक घटना तर निकै संवेदनशील छन् । आगामी नेतृत्वले यो विषय नबुझेको खण्ड संघ पार्टीका झुण्ड बसेर राजनीतिक गर्ने थलो मात्र होइन एनआरएन मागीखाने भाडो बन्ने खतरा पैदा भएको छ ।
संस्थापक अध्यक्ष महतोले त्यसै कार्यक्रम बहिष्कार गरेका होइनन्, उनले अस्वभाविक राजनीतिक ध्रुवीकरण बढेको तथा संघलाई पार्टीको भातृ संगठनजस्तो बनाउन खोजेकाले चिन्ता जाहेर गर्दै बहिष्कार गरेका हुन् । संघमा देखिएको चरम राजनीति महतोलाई फिटिक्कै मन परेको छैन् । उनले संघ विश्वभर छरिएर रहेका नेपालीको साझा सामाजिक संगठन भएकाले पार्टीको भातृ संगठनजस्तो बनाउन नहुने उनको तर्क छ । बरु संघमा आवद्ध रहेका सवैले मातृभूमीप्रतिको दायित्व भुल्न नहुने उनको भनाई छ ।
उनले आफू निर्वाचनको विरोधी नभएको तर निर्वाचनले संघमा विभाजन ल्याउने भन्दै मध्यममार्गी बाटो अपनाउन संघको आठौं सम्मेलनमै आवाज उठाएका थिए । ‘म, मेरो, एनआरएनए र मेरो नेपाल’ भन्ने नारासहित मंगलबारबाट सुरु भएको सम्मेलन बुधबार निर्वाचन सकिएसँगै सकिने छ । निर्वाचनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व प्रदान गर्नेछ । आगामी नेतृत्वका उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् ।
उनीहरुमाथि नेकपा र काँग्रेस निकट भएको आरोप लाग्दै आएको छ । संस्थापक अध्यक्ष महतोले संघ खडा गरे, पूर्वअध्यक्ष शेष घलेले संघलाई आर्थिक रुपमा बलियो बनाए । घलेले आफ्नो कार्यकाल हस्तान्तरण गर्दै गर्दा संघमा करोडौं रुपैयाँ थियो । तर भवन भट्ट अध्यक्ष बनेपछि संघ १५ करोड रुपैयाँ ऋणमा डुबेको छ । विश्वभरबाट सम्मेलनमा भाग लिन आएका प्रतिनिधिहरुले आर्थिक अनियमितता भएको भन्दै अध्यक्ष भट्टको निकै आलोचना पनि गरे ।
घाटामा चलिरहेको संघ संघकै पदाधिकारीले ऋण सहयोग गरेर चलिरहेको छ । त्यतिमात्र होइन, अहिले निर्वाचनका लागि भन्दै नेपाल सरकारसँग सहयोग पनि मागियो । त्यसपछि गम्भिर प्रश्न उठेको छ कि जो आफैं मगन्ते छ, त्यो संघले मातृभूमीलाई विना स्वार्थ के नै दिन सक्ला र ? अहिले सम्मेलनमा सहभागि प्रतिनिधिबीचमै यो चर्चाको विषय बनेको छ ।
प्रतिक्रिया