
जानौं: तुलसी को थिइन ?
तुलसी (बिरुवा) पूर्व जन्ममा एक युवती थिइन । जसको नाम वृन्दा थियो । उनको राक्षस कुलमा जन्म भएको थियो । बाल्य कालमा नै भगवान विष्णुको भक्त थिइन उनी । बडो प्रेमले भगवानको सेवा, पूजा गर्थिन् । जब उनी ठुली भइन उनको विवाह राक्षस कुलको दानवराज जलान्धरसँग भयो । जालन्धर समुन्द्रबाट उत्पन्न भएको थियो ।
वृन्दा पतिव्रता स्त्री थिइन । सदा आफ्नो पतिको सेवा गर्थिन् । एक पटक देवता र दानवहरुबीच युद्ध भयो । जलान्धर युद्धमा जान लाग्दा वृन्दाले उनलाई भनिन्,'स्वामी हजुर युद्धमा जाँदै हुनुहुन्छ, हजुर जबसम्म युद्धमा रहनुहुन्छ, म पूजामा बसेर हजुरको जीतका लागि अनुष्ठान गर्छु । र, जबसम्म हजुर वापस आउनुहुन्न, म आफ्नो संकल्प छाड्दिन ।'
जलान्धर त युद्धमा गयो, र वृन्दा व्रतको संकल्प लिएर पूजामा बसिन् । उनको व्रतको प्रभावले देवता पनि युद्धमा जलान्धरलाई जित्न सकेनन् । सारा देवता जब हार्न लागे भगवान विष्णुकहाँ पुगे । सबैले भगवान विष्णुसंग प्रार्थना गरे । भगवान विष्णुले भने,'वृन्दा मेरो परमभक्त हुन् । म उनीसँग छल गर्न सक्दिन ।'
फेरी विष्णुलाई भने,'भगवान हामीसँग अरु कुनै उपाय छैन् । अब हजुरले नै हाम्रो मद्दत गर्न सक्नुहुन्छ ।'
त्यसपछि भगवान विष्णुले जलान्धरको नै रूपधारण गरेर वृन्दाको महलमा पुगेलगत्तै वृन्दाले आफ्नो पतिलाई देखिन । उनी तुरुन्त पूजाबाट उठिन र उनको चरण छोईन । त्यही बेला उनको संकल्प टुट्यो । युद्धमा देवताहरुले जलान्धरलाई मारिदिए ।
र, उसको शिर काटेर अलग पारिदिए । उसको शिर वृन्दाको महलमा खस्यो । वृन्दाले देखिन कि आफ्नो पतिको शिर काटिएको छ । जो मेरो सामुन्ने खडा छ, को हो ?
उनले सोधिन, 'तपाई को हो ? जसको स्पर्श मैले गरे ।'
त्यहिबेला भगवान विष्णुले आफ्नो रूपमा आए । तर उनी बोल्न सकेनन् । वृन्दाले सबै कुरा बुझिन । तब उनले भगवान विष्णुलाई श्राप दिइन ।
हजुर पत्थर हुनुहोस ! र, भगवान विष्णु तुरुन्त पत्थर भए !
सबै देवता हाहाकार गर्न लागे लक्ष्मी पनि रुन कराउन थालिन ।
र, प्रार्थना गर्न लागिन् ।
त्यसपछि वृन्दाले भगवान विष्णुलाई वापस उस्तै गरी दिईन । र, आफ्नो पतिको शिर लिएर उनी सती गईन ।
उनको काखबाट एक बिरुवा निस्कियो तब भगवान विष्णुले भने-'आजदेखि इनको नाम तुलसी हो । र, मेरो एक रूप यस पत्थरको रूपमा रहन्छ । जसलाई शालिग्रामको नामले तुलसीजीसँगै पूजा गरिन्छ । म तुलसीको बिना भोग स्वीकार गर्दिन् ।'
त्यहि बेलादेखि तुलसीको पूजा सबैले गर्न लागेका हुन् । र, तुलसीको विवाह शालिग्रामको साथ कार्तिक मासमा गरिन्छ । हरि बोधनीको दिन यसलाई तुलसी विवाहको रुपमा मनाइन्छ ।
#गणेशजी #तुलसी #विष्णु
प्रतिक्रिया