
'क्वारेन्टाइन देखावटी र प्रचारबाजीको विषय कदापी बन्नुहुन्न'
क्वारेन्टाइन कोरोना भाइसर संक्रमणको शंकाको घेरामा रहेका व्यक्तिहरुलाई सुरक्षित राख्नको लागि अस्थायी रुपमा व्यवस्था गरिएको एक प्रकारको अस्पताल नै हो । कोरोना भाइरस मानिसको आँखाले नदेखिने भएको हुँदा कुनै पनि संक्रमित ठाउँबाट आएका व्यक्तिहरुलाई शंकाको घेरामा राखि उनीहरुको उपचार अस्थायी रुपमा रहेको क्वारेन्टाइनमा राखेर गरिन्छ ।
जसबाट पहिलो, उनीहरु संक्रमित रहेको अबस्था रहेछ भने समाजमा संक्रमित हुनबाट रोक्दछ । र उनीहरुको उपचार तत्काल शुरु गर्न सकिन्छ । दोश्रो, संक्रमण नदेखिएका व्यक्तिहरुलाई सुरक्षित परिबारमा जान र बस्न सक्ने बातबरण बनाउन सहज हुन्छ ।
क्वारेन्टाइनसँग ६ वटा महत्वपूर्ण पक्ष:
पहिलो: क्वारेन्टाइनमा राखेका मानिसहरु संक्रमित नभएका तर संक्रमित भएका हुनसक्ने सम्भावना सबभन्दा बढी भएको हुन्छन् ।
यसकारण यसमा राखिएका मानिसहरुको तुरुन्तै परिक्षण गर्ने व्यवस्था र व्यवस्थित बसोबासको व्यवस्था हुन जरुरी रहन्छ । यसलाई छात्राबासको रुपमा होइन, एक अस्पतालको रुपमा बुझ्न अति आबश्यक छ । जति छिटो परिक्षण त्यति छिटो संक्रमण रोक्ने तथा छिटोभन्दा छिटो ट्रेसिङ गर्न सजिलो हुन्छ । जुन समाजमा हुने संक्रमण रोक्ने एकमात्र आधार हो ।
दोश्रो: कुनै एक मानिसमा पनि संक्रमित रहेको अबस्थामा यसको मापदण्ड पूर्णरुपमा पालना गरिएन भने उक्त क्वारेन्टाइनमा रहेका सबै मानिसहरुमा संक्रमण हुने अबस्था हुन्छ । यसकारण क्वारेन्टाइन अति उच्च जोखिम रहेको हुँदा उच्च सर्तकता विच संचालित हुनु पर्दछ ।
तेश्रो: क्वारेन्टाइनमा बसेका मानिसहरुमा भाइरस संक्रमित नभएता पनि उनीहरु अत्यधिक मनोबैज्ञानिक दवाबमा रहेका हुन्छन् ।
जसले उनीहरु शारिरिक र मानसिक दुबै रुपमा कमजोर हुने हुँदा उनीहरुलाई शारिरिक र मानसिक रुपमा बलियो बनाउन चाहिने आबश्यक डाइट व्यवस्था हुनु अति नै महत्वपूर्ण हुन्छ । नत्र रोगले भन्दा पनि भयले उस्को रोकसँग लड्ने क्षमतालाई झन कमजोर बनाउन सक्छ । त्यसैले मानसिक दवाबलाई यस प्रकार संचालित मापदण्डले झन बढवा दिने गर्दछ ।
चौथो: कोरोनाको लक्षण देखिन समय लाग्ने र नेपालमा त अत्यधिक व्यक्तिहरुलाई लक्षण नै नदेखिएको पाइएको छ । यो अबस्थामा पहिलो चोटीको परिक्षणबाट नेगेटिभ देखिए पनि संक्रमित नभएको भन्न सकिने अबस्था नरहने भएकोले निश्चित समयसम्म क्वारेन्टाइनमा रहेका व्यक्तिहरु विचको शारिरिक दुरीलाई तोकिएको मापदण्ड अनसार पूर्णत पालन गर्नुपर्दछ । नत्र उनीहरु विच नै संक्रमण हुने खतरा अत्यधिक रहन्छ ।
पाचौं: क्वारेन्टाइन सबभन्दा उच्च जोखिम भएको ठाउँ हो । यसकारण क्वारेन्टाइन स्थापना तथा संचालनमा कुनै पनि हालतमा लापरबाही हुनुहुदैन । नत्र यही क्वारेन्टाइन नै संक्रमणको केन्द्र बन्ने कुरामा दईमत छैन ।
छैठौं: क्वारेन्टाइनमा रहेका व्यक्तिहरुमा कोरोना भाइरसमात्र होइन, अन्य बिभिन्न सरुवा रोगहरु पनि हुन सक्छन् । यसकारण न्यूनतम मापदण्ड विपरित यस प्रकार संचालित क्वारेन्टाइनहरुबाट कोरोना संक्रमित हुने सम्भावना त पक्कै छ नै सँगसँगै अन्य बिभिन्न रोगहरु पनि एक अर्को विच संक्रमण हुने उच्च सम्भावना हुन्छ ।
साथै उनीहरुमा अन्य रोगहरुको पनि संक्रमण हुने सम्भावना रहन्छ । शौचालय, बस्ने कोठाहरु, फोहोर पानीको कारण निरोगी व्यक्ति १५-२० दिनको क्वारेन्टाइनको बसाइबाट विरामी भएर घर पुग्नुपर्ने अथवा अर्को सरुवा रोग भिरेर जानुपर्ने बातबरण पनि हुन सक्ने हुन्छ । हो, यसकारण विश्व स्वस्थ्य संगठनले क्वारेन्टाइनको मापदण्ड तोकेको छ र यसैलाई मान्यता दिदै नेपाल सरकारले पनि क्वारेन्टाइनको मापदण्ड जारी गरेको छ ।
तर चीनबाट ल्याइएका विद्यार्थी राखेको क्वारेन्टाइन बाहेक नेपालमा हाल सञ्चालित कुनै पनि क्वारेन्टाइन नेपाल सरकारले तोकेको मापदण्ड अनुसार नरहेको देखिएको छ । यहाँसम्मकी क्वारेन्टाइनमा तातो पानी, सफा शौचालय, उचित खानपान, व्यवस्थित बस्ने, सुन्ने ठाउँजस्ता न्यूनतम व्यवस्था समेत नभएको यथार्थता हामीले देखेका छौं ।
क्वारेन्टाइनमा बसेको मानिस विरामी हुँदा अस्पताल लाने एम्बुलेन्ससम्मको व्यवस्था हुन नसकेर विरामीले मृत्युबरण गर्नुपरेको समाचारले हामीलाई लज्जित तुल्याएको छ । नेपाल सरकार आफैले बनाएको क्वरेन्टाइनमा न्यूनतम व्यवस्था नहुनु सरकारको चरम लापबाही प्रमाणित हुन्छ ।
सरकारले तोकेको न्यूनतम व्यवस्थामा के-के छन् ?
१. सुरक्षाको पूर्ण ग्यारेन्टी ।
२. नुहाउन, कपडा धुन, शौचालय लगायतमा चाहिने स्वच्छ पानीको व्यवस्था ।
३. फोहोर व्यवस्थापनको लागि आबश्यक सरसफाइका सामानहरु, आबश्यक डष्टविन लगायतको व्यवस्था ।
४. स्वच्छ, शुद्ध पानी र पोषणयुक्त खानपिनको व्यवस्था ।
५. बालबालिका, जेष्ठ नागरिक, गर्भवती, दिर्घरोगी तथा छुट्टै क्षमता भएका व्यक्तिहरुको लागि विशेष खानपिन र अन्य आबश्यक व्यवस्था ।
६. पूर्ण सरसफाईको ग्यारेन्टीसहित आबश्यकता अनुसार सरसफाईको कर्मचारीको व्यवस्था ।
७. संचार, स्वस्थ्य, सडक अन्य आबश्यक व्यवस्था ।
८. एम्बुलेन्स २४ घण्टा उपलब्ध हुनुपर्ने र चालक पनि अनिबार्य रहनुपर्ने ।
९. सुत्नको लागि उचित व्यवस्था ओढ्ने, ओछ्याउने, झुललगायत मौसम अनुसार अति आबश्यक व्यवस्था हुनुपर्ने ।
१०. सय जना रहने क्वारेन्टाईनमा कम्तीमा उक जना एमपीएच, एमडी गरेको चिकित्सक हुनुपर्ने ।
११. मेडिकल अधिकृत र स्वस्थ्य परिचारिका कम्तीमा १-१ जनाको व्यवस्था ।
१२. प्यारामेडिक र फर्मासिस्ट १-१ जना ।
१३. स्वस्थ्य सुरक्षाको लागि आबश्यक अन्य तातोपानी, साबुन, ह्यान्ड सेनिटाईजलगायत न्यूनतम आवश्यक सामानहरुको व्यवस्था हुनुपर्ने ।
क्वारेन्टाइन मापदण्ड विपरित हुनु कानूनी प्रश्न:
केन्द्र सरकारले जारी मापदण्डहरु राज्यको सबै सरकारी निकाय, प्रदेश सरकार तथा स्थानिय सरकारहरु लाई कानून सरह लागु हुन्छ । विभिन्न स्थानिय सरकार तथा प्रदेश सरकारहरुले हाल संचालीत अधिकाँस क्वारेन्टाइनहरु मापदण्ड विपरित हुनु एक गम्भिर कानूनी प्रश्न हो । यसले कानूनको उल्लंघन त गरेको नै छ । यस प्रकारको गतिविधीहरु संबैधानिक र मानब अधिकारविरुद्ध पनि छ ।
नेपालको संविधान अनुसार पनि सबै नेपालीहरुको उपचार पाउने र स्वच्छ बातबरणको अधिकारलाई आधारभूत मानब अधिकारको रुपमा ग्यारेन्टी गरेको छ । यसकारण पनि यो संबैधानिक अधिकारको समेत विरुद्धमा छ । यो मानब अधिकारसँग जोडिएको पनि विषय हो । राष्ट्रिय मानव अधिकार आयोगले समेत यस सम्बन्धमा सरकारको ध्यानाकर्षण गरेको छ ।
तोकिए बामोजिमको व्यवस्था सबै क्वारेन्टाइन स्थलहरुमा व्यवस्था गर्नको लागि निर्देशन समेत दिएको छ । अन्तमा, मापदण्ड विपरितका सबै क्वारेन्टाइनहरु गैरकानूनी हुन्छन् र त्यसप्रकारको क्वारेन्टाइन स्थापना गर्ने व्यक्ति तथा समुहलाई कानूनी कारबाही हुनुपर्दछ भने सबै मापदण्डहरु बन्द गरिनु पर्दछ । यदि मापदण्ड अनुसार संचालन गर्न नसकिने हो भने उनीहरुको घरलाई नै क्वारेन्टाइन बनाउनु बुद्धिमता हुन्छ ।
यसरी घरमै क्वारेन्टाइनमा रहँदा न्यूनतम मापदण्ड नपुगेको क्वारेन्टाइनमा रहनु भन्दा जोखिम कम हुने कुरा यसमा संलग्न चिकित्सकहरुले बताएका छन् । मापदण्डहरु विश्व स्वस्थ्य संगठनलाई देखाउन र कागजी दस्ताबेज बनाउनमात्र राज्यहरुले बनाउने होइन । यसको पूर्ण परिपालन गर्नु राज्यको मुख्य जिम्मेदारी हो ।
यस कारण पनि क्वारेन्टाइन कुनै देखावटी र प्रचारबाजीको विषय कदापी हुनुहुदैन । नत्र यो कानूनी शासनको उपहास हो ।
लेखकः अधिवक्ता एवम् बाल अधिकारकर्मी हुनुहुन्छ ।
प्रतिक्रिया