
रत्नपार्कको नाम परिवर्तन गर्ने निर्णय गलत, 'द्धन्द निम्त्याउने काम नहोस्'
काठमाडौं । काठमाडौं महानगरपालिकाको रत्नपार्कको नाम परिवर्तन गर्ने निर्णयलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गलत भएको बताएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भने, 'श्री ५ महेन्द्रको जीवन संगिनी एवम् स्व. राजा बिरेन्द्र र पूर्व राजा ज्ञानेन्द्रकी माता र हाल बृद्ध जीवन विताई रहेकी श्री ५ मुमा बडामहारानी रत्नको ईतिहास मेटाउने कार्य अस्विकार्य छ । निर्णय सच्याईयोस् । जवरजस्ती गर्न खोजिए अवरोध गर्न वाध्य हुनेछौं ।'
अध्यक्ष थापाले नेपाल सम्वतका प्रवर्तक शंखधर र पद्मरत्नको शालिक अन्य कुनै स्थानमा स्थापना गर्न पनि सुझाव दिए । उनले थप प्रष्ट पार्दै भने, 'शंखधर र पद्मरत्नको भव्य पार्क बनाईयोस् । हाम्रो पुरा सहयोग रहनेछ । तर रत्नपार्कको नाम परिवर्तन गर्ने, इतिहास मेटाउने कार्य संकिर्ण र बिकास विरोधी छ ।'
काठमाडौं महानगरपालिकाले गरेको उक्त गलत निर्णललाई पुनर्विचार गर्न अध्यक्ष थापाले आग्रह गरे । उनले भने, 'द्वन्द निम्त्याउने काम नहोस् ।'
प्रतिक्रिया