
बलात्कारका घटना मिलापत्र गराउनेलाई ६ महिनादेखि ३ बर्षसम्म कैद
काठमाडौं । दैनिक बलात्कारको घटनामा बृद्धि हुन थालेपछि सरकारले बलात्कारमा संलग्न र मिलापत्र गराउनेलाई समेत कडा सजाय हुने गरी अध्यादेश ल्याएको छ । आइतबार बसेको मनित्रपरिषद्को बैठकले उक्त अधयादेश राष्ट्रपतिसामु सिफारिस गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणित भएसँगै लागू हुनेछ । अध्यादेशमार्फत ल्याइएको कानून अनुसार बलात्कारीलाई अब १४ बर्षदेखि १६ बर्षसम्मिका किशोरीलाई बलात्कार गरेमा १२ देखि १६ बर्षसम्म कैद सजाय हुनेछ ।
यस्तै १६ देखि १८ वर्षको किशोरीलाई बलात्कार गरेमा १० देखि १४ वर्षसम्म कैद सजाय हुनेछ भने १८ वर्ष वा सो भन्दा माथिकालाई बलात्कार गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुनेछ । त्यसैगरी,
अध्यादेशले बलात्कारका घटनामा संलग्नलाई मिलापत्र गराउनेलाई ६ महिनादेखि ३ बर्ष वा ३० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने ब्यवस्था गरेको छ । साथै मिलापत्र गराउने व्यक्ति सार्वजनिक पद धारण गरेको ब्यक्ति भएको खण्डमा थप ६ महिना कैद हुने ब्यवस्था गरिएको छ ।
प्रतिक्रिया