
३७ बर्षीया आफ्नै श्रीमतीको किन हत्या गरे चूडामणिले ?
झापा । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा दमक-१ का चूडामणि भण्डारी रहेका छन् ।
उनले कमल-६ जोगीचौंनस्थित खेतमा काम गर्न गएकी आफ्नै ३७ वर्षीया श्रीमती टीकामाया पौडेललाई आइतबार साँझ धारिलो हतियार प्रहार गरेर हत्या गरेका थिए ।
आफ्नै श्रीमतीलाई किन हत्या गरे ? सो बिषयमा अभियुक्त भण्डारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
प्रतिक्रिया