
फेरिए काठमाडौं र भक्तपुरका प्रमुख जिल्ला अधिकारी
काठमाडौं । गृहमन्त्रालयले काठमाडौं उपत्यका दुई जना प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई परिवर्तन गरेको छ । गृहले काठमाडौं र भक्तपुरका प्रमुख जिल्ला अधिकारी क्रमशः जनकराज दाहाल र हुमकला पाण्डेलाई मन्त्रालयमा बोलाएर उक्त ठाउँमा नयाँ सिडियो पठाएको हो ।
फेरिएका सिडिओमा काठमाडौंमा काली पराजुली र भक्तपुर जिल्लामा प्रेम भट्टराई रहेका छन् । दाहाल र पाण्डेको एक बर्षे कार्यकाल सकिएपछि उनीहरुको ठाउँमा नयाँ सिडिओ पठाइएको गृहले जनाएको छ ।
प्रतिक्रिया