
१६ जनाको मृत्यु, पहिलो पटक निको हुनेको संख्या दुई लाख नाघ्यो
काठमाडौँ । पछिल्लो २४ घण्टामा ३ हजार ४३ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोनामुक्त भएर घर फर्किनेको संख्या पहिलो पटक २ लाख नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टा अर्थात एकैदिन ३ हजार ४३ जना कोरोनामुक्त भएसँगै नेपालमा कुल निको हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ । त्यसैगरी,
पछिल्लो २४ घण्टामा थप १ हजार ९८० जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । १० हजार ३८१ जनामा गरिएको नमूना परीक्षणमा थप एक हजार ९८० जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।
थपिएका कुल संक्रमितमध्ये काठमाडौंमा मात्र १ हजार ७ जना रहेका छन् ।
नेपालमा अहिलेसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख २२ हजार २८८ छ भने निको हुनेको संख्या २ लाख २ हजार ६७ रहेको छ । २४ घण्टामा कोरोनाको संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा मृत्यु हुनेको कुल संख्या १ हजार ३३७ पुगेको छ ।
प्रतिक्रिया