
ल्याण्ड गर्ने क्रममा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु
पोखरा । फेवाताल किनारमा प्याराग्लाइडिङ ल्याण्ड गर्ने क्रममा दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ । दुर्घटनामा परी पोखरा-२८, कालिका निवासी ३८ वर्षीय राजु नेपालीको मृत्यु भएको छ ।
काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा-२ निवासी २८ वर्षीया शीला श्रेष्ठ घाइते भएकी छन् । उक्त प्याराग्लाइडिङ खपौदी क्षेत्रस्थित ल्यान्डिङ जोनभन्दा झण्डै डेढ किमीमाथि दुर्घटनामा परेको थियो ।
घाइते दुवै जनालाई तत्काल उपचारका लागि मेट्रो सिटी अस्पतालमा लगिएको थियो । सो क्रममा पाइलटलाई चिकित्सकले मृत घोषणा गरेका थिए । छाती र खुट्टामा चोट लागेकी घाइते श्रेष्ठलाई थप उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रतिक्रिया