
बाल यौन दुराचारी फ्रान्सेली नागरिक फुर्सेखोला बगर किनारबाट समातिए
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) बाट खटिएको प्रहरी टोलीले एक जना फ्रान्सेली नागरिकलाई बाल यौन दूराचारको अभियोगमा पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ६० बर्षीय फ्रान्सेली नागरिक क्रिष्टियन सर्ज हेनरी नौगारेट रहेका छन् । उनलाई ब्यूरोबाट खटिएको प्रहरी टोलीले सोमबार पोखरा महानगरपालिका वडा नम्बर-१७ बरौता पावर हाउस फुर्सेखोला बगर किनारबाट पक्राउ गरेको हो ।
बाल यौनदुराचारी ती फ्रान्सेली नागरिकलाई प्रहरीले ७, ८ र १२ वर्षका ३ जना नाबालकलाई बाल यौन दूराचार गरिरहेको अवस्थामा पक्राउ गरेको जनाएको छ । ब्यूरोका प्रवक्ता बेलबहादुर पाण्डेका अनुसार पक्राउ परेका अभियुत्तलाई थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाइएको छ ।
उनीविरुद्ध बालयौन दुरुपयोग तथा आप्राकृतिक मैथुन गरेको कसूरमा मुद्दा चलाइने बताइएको छ ।
प्रतिक्रिया