
हुम्लाको सिमकोट विमानस्थल कार्यालयमा आगगलागी
हुम्ला। बिहीबार एकाबिहानै हुम्लाको सदरमुकाम सिमकोटस्थित रहेको विमानस्थल कार्यालयमा आगगलागी भएको छ । कार्यालय प्रमुखलगायतका कर्मचारी बस्ने घरमा आगलागी हुँदा कार्यालय प्रमुख बस्ने कोठा पूर्णरुपमा जलेर नष्ट भएको छ ।
विद्युतको तार सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र सदरमुकाम सिमकोटमा बस्ने बजारवासी, तल्लो गाउँ र माथिल्लो गाउँका नागरिकले आगोलाई नियन्त्रणमा लिन प्रयास गरेका थिए ।
बिहान ४ बजेबाट सुरु भएको आगो बिहान ६ः३० बजेसम्म पनि नियन्त्रणमा आएको थिएन ।
प्रतिक्रिया