
१,३४३ संक्रमित थपिए, कुल संक्रमितको संख्या २,३७,५८९ पुग्यो
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो जानकारी अनुसार थप १ हजार ३४३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३७ हजार ५८९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ९ हजार २८९ जनाको पीसीआर परीक्षण गरिएको थियो । जसमध्ये १ हजार ३४३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा २ हजार १११ जना संक्रमित निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोनामुृक्त हुनेको कुल संख्या २ लाख २० हजार २७२ पुगेको छ ।
प्रतिक्रिया