
७० बर्षीय बाबुको हत्या अभियोगमा ४० बर्षीय छोरा समातिए
गोरखा । ईलाका प्रहरी कार्यालय जौबारीबाट खटिएको प्रहरी टोलीले आफ्नै ७० बर्षीय बाबुलाई हत्या गरेको अभियोगमा ४० बर्षीय छोरालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ८ धन्सारका भुवन ढकाल रहेका छन् ।
आफ्नै ७० बर्षीय बाबु तुलाराम ढकालको हत्या गरेको सूचना पाउने बित्तिकै खटिएको प्रहरीले बुधबार साँझ उनलाई पक्राउ गरेको हो । सिरानचोक गाउँपालिको धापेस्थित खेतमा धान झाट्ने क्रममा बाबुछोराबीच झगडा हुँदा छोराले लाठी प्रहार गरेपछि उनी गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते तुलारामको प्राथमिक स्वास्थ्य केन्द्र जौबारीमा उपचारको क्रममा मृत्यु भएको थियो । पक्राउ परेका छोरामाथि थप अनुसन्धान भइरहेको गोरखा प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया