
३० जना एसपी र ६९ डीएसपीको सरुवा, को कता ?
काठमाडौं । नेपाल प्रहरीको मुख्यालय नक्सालले ३० जना प्रहरी उपरिक्षक (एसपी) र ६९ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको सरुवा गरेको छ । सरुवा सूची अनुसार एसपी बेलबहादुर पाण्डे जिल्ला प्रहरी कार्यालय पर्सा, पर्सामा कार्यरत एसपी गंगा पन्त केन्द्रिय अनुसन्धान व्युरो इन्टिलिजेन्स महाशाखा, झापामा सानुराम भट्टराई, त्यहाँ कार्यरत एसपी कृष्णप्रसाद कोइरालालाई अपराध महाशाखा सरुवा गरिएको छ ।
त्यसैगरी, सोमेन्द्रसिंह राठौर मकवानपुर, भुपेन्द्रबहादुर खत्री काभ्रेपलाञ्चोक, दिपेन्द्र शाही बारा, आभुषण तिम्सिनालाई सिन्धुलीमा खटाइएको छ । त्यस्तै उमाप्रसाद चतुर्वेदी कंचनपुर, प्रकाश रानाभाट जिल्ला प्रहरी कार्यालय धनुषामा सरुवा गरिएको छ । त्यस्तै डीएसपी अर्जुन रानाभाटको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालय नक्सालमा सरुवा भएको छ ।
इलाका प्रहरी कार्यालय लाहान सिरहामा रहेका डिएसपी शरतकुमार थापा महानगरीय प्रहरी परिसर ललितपुर सरुवा भएका छन् । त्यहाँ रहेका सन्तोष तामाङको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल सरुवा गरिएको छ । डीएसपीहरु क्रमशः कबित कटुवाल जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु, कुलदीप चन्द महानगरीय प्रहरी कार्यालय रानीपोखरी, भेषराज रिजाल जिल्ला प्रहरी कार्यालय दोलखामा सरुवा भएका छन् ।
प्रतिक्रिया