
नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण कार्यक्रम सम्पन्न
ललितपुर । ललितपुर उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । गत पौष १८ गते भएको ४१ औं वार्षिक साधारणसभापछि मनोजबहादुर न्याछ्योको नेतृत्वमा नयाँ कार्यसमिति बनेको थियो ।
शपथ ग्रहण संघका निवर्तमान अध्यक्ष कृष्णलाल महर्जनले नवनिर्वाचित अध्यक्ष मनोजबहादुर न्याछ्यों सपथ गराएका थिए । अन्य पदाधिकारी एवम् कार्य समितिका सदस्यहरुलाई पनि संघको सभाकक्षमा शपथ ग्रहण गराइएको थियो ।
पदाधिकारी तथ कार्यसमिति सदस्यहरुलाई भने नवनिर्वाचित अध्यक्ष न्याछ्योंले शपथ गराएका थिए ।
निर्वाचित पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्षमा विश्वराज बज्राचार्य, संस्थागत उपाध्यक्षमा वीरेन्द्रलाल श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा उसन बज्राचार्य र महासचिवमा रुपकमान महर्जनलगायत विजयी भएका थिए ।
कार्यसमिति सदस्यहरुमा सजना श्रेष्ठ, रमेशसिं महर्जन, मिलन शाक्य, रुपेन्द्रराज शाक्य, बिमला शाक्य, शर्मिला श्रेष्ठ (जोशी), महेश श्रेष्ठ, राजेशराज बज्राचार्यलगायत निर्वाचित भएका थिए । नवनिर्वाचित अध्यक्ष न्याछ्यों यसअघि संघको महासचिव थिए ।
प्रतिक्रिया