
२५९ जना संक्रमित थपिए, ५१३ जना निको भएर घर फर्किए
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पछिल्लो सार्वजनिक तथ्यांक अनुसार गएको २४ घण्टामा थप २५९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ३९९ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । जसमध्ये २५९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ६४ हजार ७८० पुगेको छ ।
त्यसैगरी, गएको २४ घण्टामा ५१३ जना संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या बढेर २ लाख ५८ हजार ४४१ पुगेको छ । २४ घण्टामा थप ५ जनाले ज्यान गुमाएसँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १ हजार ९१७ पुगेको छ ।
प्रतिक्रिया