
आखिर किन श्रीमानको हत्यापछि आत्महत्या गरिन् श्रीमती सुदिक्षाले ?
काठमाडौं । टोखास्थित रहेको ग्राण्डी अस्पताल नजिक एक हाउजिङमा बस्दै आएका एक दम्पतीको जोडी मृत अवस्थामा भेटिएका छन् । मृत अवस्थामा भेटिनेमा सुर्खेत घर भएका श्रीमती सुदिक्षा गिरी र श्रीमान् उमेश केसी रहेका छन् ।
श्रीमान ओछ्यानमा मृत भेटिएका थिए भने श्रीमती झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।
सुर्खेत घर भएका उनीहरुको सम्बन्ध पछिल्लो समय बिग्रिएको बताइन्छ । श्रीमतीले श्रीमानको हत्यापछि आफूले पनि आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंले आपराधिक दृष्टिकोणबाट पनि घटनाको अनुसन्धान थालेको जानकारी दिएको छ ।
प्रतिक्रिया