
थप ४८८ जना संक्रमित थपिए, १० जनाको मृत्यु, ५२७ निको भए
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४८८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । २४ घण्टामा ५ हजार ३०९ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा ४८८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।
अहिलेसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६५ हजार २६८ पुगेको छ । त्यसैगरी, थप ५२७ जना संक्रमित निको भएर घर फर्किएसँगै नेपालमा निको हुनेको कुल संख्या २ लाख ५८ हजार ९६८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १ हजार ९२७ पुगेको छ ।
प्रतिक्रिया