
२९९ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
काठमाडौं । मुलुकभर आज विभिन्न कार्यक्रम गरी राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदैछ ।
विभिन्न समूह र सर्वसाधारण नागरिकले आज सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्र निर्माताको शालिकमा पुष्पहार अर्पण गरी उनको योगदानको स्मरण गरिँदैछ ।
नेपाली सेनाले पनि सैनिक मुख्यालय जङ्गी अड्डामा अवस्थित राष्ट्र निर्माताको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम राखेको छ ।
प्रतिक्रिया