
वनका लगेर आफ्नै भाइको हत्या गर्ने दाजुको हातमा लाग्यो हत्कडी
बाँके । इलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरीले नियोजित रुपमा वनमा लगेर आफ्नै भाइलाई टाउकोमा लाठी प्रहार गरेर हत्या गर्ने आफ्नै दाजुलाई पक्राउ गरेको छ ।
भाइको हत्या गरेको अभियोगमा पक्राउ पर्नेमा बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर-४ का ३० वर्षीय इशराईल खाँ रहेका छन् । उनले आफ्नै सहोदर भाइ १७ वर्षीय रहिस खाँलाई वनमा गएका बेला टाउकोमा पछाडीबाट लाठी प्रहार गरी हत्या गरेका थिए ।
जिल्ला प्रहरी बाँकेका अनुसार दाजुभाइको घरायसी विवादका कारण इशराईलले रहिसलाई वनमा लगेर हत्या गरेको देखिन्छ । बारसी बाबा सामुदायिक वनमा गएका बेला सोमबार आफ्नै दाजुले भाइलाई टाउकोमा पछाडीबाट लाठी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।
पक्राउ परेका हत्याका अभियुक्त खाँलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको बाँके प्रहरी जनाएको छ ।
प्रतिक्रिया