
स्रोत नखुलेको ३७ लाख रुपैयाँसहित गुरुङ प्रहरीको नियन्त्रणमा
काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले स्रोत नखुलेको अबैध ३७ लाख रुपैयाँरकमसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको माडी नगरपालिका वडा नम्बर-६ का रामकुमार गुरुङ रहेका छन् ।
चितवनबाट काठमाडौंका लागि छुटेको बा ३ ख ९१३९ नम्बरको हाइस गाडी जाँच गर्ने क्रममा उनले बोकेको झोलाबाट उक्त रकम बरामद भएको थियो । प्रहरीले रकमको स्रोत नखुलेपछि रकमसहित उनलाई सोमबार बिहान नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीले उनको साथबाट ७ लाख ११ हजार रुपैयाँ लेखिएको ग्लोबल आईएमई बैंकको १ थान चेक र हस्ताक्षर भएको तर नगद उल्लेख नभएको १ थान चेक पनि बरामद गरेको जनाएको छ ।
प्रतिक्रिया