
१० हजार रुपैयाँ घुससहित प्रहरी हवल्दार पक्राउ
पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरास्थित रहेको कार्यालयबाट खटिएको टोलीले १० हजार रुपैयाँ घुससहित एक जना प्रहरी हबल्दारलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ईलाका प्रहरी कार्यालय, बेलचौतारा, तनहुँको महिला तथा बालबालिका सेवा केन्द्रमा कार्यरत शान्ति भण्डारी रहेका छन् ।
भण्डारीले पक्राउ परेका अभियुक्तलाई छुटाइदिने भन्दै सेवाग्राहीसँग घुस मागेको सूचना पाएपछि खटिएको अख्तियारको टोलीले भण्डारीलाई रकम बुझिसकेको अवस्थामा पक्राउ गरेको गरेको जनाएको छ ।
प्रतिक्रिया