
२४ घण्टा: थप ४४५ जना संक्रमित थपिए, ४१४ जना निको भए
काठमाडौं । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४४५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । मुलुकभर रहेका विभिन्न प्रयोगशालामा ४ हजार १५४ जनाको स्वास्थ्य परीक्षण गर्दा ४४५ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार १ सय ४३ पुगेको छ । त्यसैगरी, गएको २४ घण्टामा ४१४ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ५९ हजार ७७२ पुगेको छ ।
प्रतिक्रिया