
एसएसपीमा बढुवाका लागि सिफारिस पर्ने भाग्यमानी यी एसपी
काठमाडौं । बुधबार बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) हरुलाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस गरेको छ ।
गृह मन्त्रालयमा बसेको बढुवा समितिले बैठकले एघार जना एसपीहरुलाई एसएसपीमा बढुवाका लागि मन्त्रीपरिषदमा सिफारिस गर्ने निर्णय गरेको हो ।
बढुवाका लागि सिफारिस पर्ने भाग्यमानी एसपीहरुमा कृष्णकुमार महत, गोविन्दकुमार शाह, उमाशंकर पञ्जियार, अर्जुन चन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्रप्रसाद मैनाली, कृष्णहरि शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुधन लुइँटेल र मोहनप्रसाद पोखरेल रहेका छन् ।
आगामी साता बस्ने मन्त्रिपरिषद बैठकले उक्त बढुवा बारे निर्णय गर्ने गृहमन्त्रालय स्रोतले जानकारी दिएको छ ।
प्रतिक्रिया