
महिलालाई अश्लिल भिडियो, फोटो तथा सन्देश पठाउने शाही समातिए
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले सामाजिक सञ्जाल फेसबुकमार्फत महिलालाई अश्लिल भिडियो, फोटो तथा सन्देश पठाउने एक जना युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सल्यान कुमख गाउँपालिका वडा नम्बर-४ सरोडाडाका ३६ वर्षीय रमेश शाही भन्ने रवि शाही रहेका छन् । पीडित महिलाले अश्लिल भिडियो, फोटो तथा सन्देश पठाई यौन उत्पीडन तथा हैरानी दिएको भन्दै उजुरी गरेपछि ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनलाई सोमबार पक्राउ गरेको हो ।
उनले विद्युतीय (ईलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसूर गरेकाले जिल्ला प्रहरी कार्यालय सल्यानको सहयोगमा पक्राउ गरी थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
प्रतिक्रिया