
'ग्रान्ड सिंगिङ आइडल-२०२०' को विजेता बनिन् सुमिका सदर
काठमाडौं । खुला गायन प्रतियोगिता ‘ग्रान्ड सिंगिङ आइडल-२०२०' को विजेता सुमिका सदर बनेकी छन् । त्यसैगरी, उक्त प्रतियोगितामा फस्ट रनर अप आसिका गौतम, सेकेन्ड रनरअप इसान्त तब्दार, थर्ड रनरअप अबनम खान र फोर्थ रनर अप ऋतिका माझी भएको आयोजकले जानकारी दिएको छ ।
आरके इन्टरटेन्मेन्टले खुला रूपमा आयोजना गरेको उक्त प्रतियोगितामा बाल बालिकाबीच पनि गायन प्रतियोगिता गराइएको थियो ।
अनलाइनमार्फत गरिएको सो प्रतियोगितामा गायनतर्फ मोनिका तामाङले ग्रान्ड सिंगिङ आइडलको उपाधि जितिन् भने फस्ट रनर अप सुमिना हुमागाईं, सेकेन्ड रनर अप मिनिसा तामाङ, थर्ड रनर अप सरला श्रेष्ठ, फोर्थ रनरअप कला राई र फिप्थ रनरअप सुस्मा तामाङ बने ।
प्रतियोगिताका निर्णायकहरूमा गायक आनन्द कार्की, संगीतकार सरोज प्याकुरेल, गायिका सरिता भारती, गीतकार मिनसागर लामा, राजेश थपलिया, आरबी लामा स्याङतान र गायिका डिका गुरुङ थिए ।
बालबालिकाको नृत्य प्रतियोगितातर्फ भने अभिमा तामाङ उत्कृष्ट भइन् । फस्ट रनरअप आयु खात्री, सेकेन्ड रनरअप कृति श्रेष्ठ, थर्ड रनरअप ताभिसा तामाङ र फोर्थ रनरअप प्रेयान्सु न्यौपाने भए ।
यस्तै नृत्यतर्फ नै खुला प्रतियोगितामा प्रत्युसा सुवेदी उत्कृष्ट भइन् भने फस्ट रनरुअप निभा शाक्य, सेकेन्ड रनरअप प्रनिता गुरुङ, थर्ड रनरअप मोनिका सुनुवार र फोर्थ रनरअप संगीन राई भए ।
यो नृत्य प्रतियोगिताको निर्णायकमा नृत्य निर्देशक भुवन श्रेष्ठ, रञ्जना श्रेष्ठ, राजिब बलामीलगायत थिए । विजेताहरूलाई अभिनेता राजेश हमाल, मोडल उरुषा जोशीलगायतले पुरस्कार प्रदान गरेका थिए ।
प्रतिक्रिया