
अमेरिकी मध्य-दक्षिणी राज्यमा भीषण हिमआँधी, २३ जनाको मृत्यु
काठमाडौं । अमेरिकाको मध्य तथा दक्षिणी राज्यमा भीषण हिम आँधी आएको छ । हिमआँधीका कारण कम्तिमा २३ जनाको मृत्यु भएको छ । टेक्सास, केन्टुकी, लुसियाना र मिजौरीलगायत राज्यमा कम्तिमा २३ जनाको मृत्यु भएको हो ।
नर्थ क्यारोलाइना, ओरेगन राज्यमा पनि यसको असर परेको बताइएको छ । आँधीको असर आइतबारसम्मै पर्ने पनि बताइएको छ ।
हिमआँधीका कारण टेक्सास राज्यका लाखौं मानिस बिजुलीबाट बञ्चित भएका छन् । उनीहरुले कोठा तताउन पाएका छैनन् । इन्टरनेट पनि अबरुद्ध भएको छ । आँधीले कोरोना खोप वितरणलाई पनि प्रभावित पारेको छ ।
केही राज्यहरूमा मंगलबार विद्यालयहरू बन्द गरिएका छन् । एजेन्सी
प्रतिक्रिया