
पछिल्लो २४ घण्टाः ८८ जना संक्रमित थपिए, १३६ जना निको भए
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ३५१ पुगेको छ ।
त्यसैगरी,
पछिल्लो २४ घण्टामा १३६ जना निको भएर घर फर्किएसँगै निको हुनेको कुल संख्या २ लाख ६९ हजार ७५५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन ।
नेपालमा अहिलेसम्म कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ६१ पुगेको छ ।
प्रतिक्रिया