
शिव पौडेलका हत्यारालाई आममाफी, निर्णय फिर्ता लिन वीनाको आग्रह
चितवन । नेपाल तरुण दल चितवनका तत्कालीन अध्यक्ष शिव पौडेलको हत्यारालाई सजाय मिनाहा गरेपछि मृतककी पत्नी वीना पौडेलले दुःख व्यक्त गरेकी छन् । उनले सत्ता र शक्तिको आडमा राष्ट्रपति विद्यादेवी भण्डारीले ३ जना हत्यारालाई सफाइ दिएको बताइन् ।
उनले राष्ट्रपति र प्रधानमन्त्रीले आफ्ना कार्यकर्ता भएकै कारण उनीहरुलाई आममाफी दिएको बताइन् । उनले भनिन्, ‘यो कुरा मलाई अझै विश्वास लागिरहेको छैन । राष्ट्रपतिकै पनि श्रीमानको हत्या भएर अपराधी पत्ता लाग्न सकेको छैन, उहाँले कसरी यस्तो गर्न सक्नु भयो होला ।’
उनले आफ्ना श्रीमानका हत्यारालाई आममाफी दिने निर्णय फिर्ता लिन समेत आग्रह गरिन् । मन्त्रिपरिषद्को सिफारिसमा ४०१ कैदीको बाँकी कैद मिनाह तथा १७९ जनाको भुक्तान हुन बाँकी कैदमा छुट दिइएको हो ।
सरकारको सिफारिसमा आममाफी पाउने तीनै जना नेकपा ओली समूहका हुन् ।
प्रतिक्रिया