
गाडिएको अवस्थामा बालिकाको शव भेटियो, आमासहित ५ पक्राउ
रुपन्देही । रुपन्देहीमा गाडिएको अवस्थामा एक बर्षीया बालिकाको शव भेटिएको छ । हत्या आशंकामा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले प्रहरीले उक्त शवलाई उत्खनन् गरेर पोष्टमार्टमका लागि भीम अस्पताल भैरहवा पठाइको छ ।
उत्खनन् गरिएको बालिकाको घाँटीमा शंकास्पद दाग देखिएको प्रहरीले जानकारी दियो । बालिकाको शवलाई आफन्तहरूले दानव खोला नजिक गोडेका थिए । प्रहरीले बालिकाको हत्या आशंकामा आमा प्रेमा यादवलाई आइतबार पक्राउ गरेको छ ।
पक्राउ परेकी प्रेमाले छोरीको हत्या गरी आफूले पनि आत्महत्या गर्ने मनसायले छोरीको घाँटी कसेर हत्या गरेको प्रहरीलाई बयान दिएकी छन् । छोरीको हत्यापछि उनले आत्महत्या गर्न खोज्दा उनको नन्दले बचाएकी थिइन ।
हत्यापछि गुपचुप गाडेको भन्दै मृतक बालिकाका हजुरबुवा बुद्धिराम यादव, हजुरआमा राजमती यादव, बालिकाको बुवा राजकुमार यादव, प्रेमाको साथी लुम्बिनी साँस्कृतिक नगरपालिका-९ का २६ वर्षीय प्रदीप चौधरी र बालिकाकी आमालाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
प्रतिक्रिया